रहेनन् डा. ओम गुरुङ

पाेखरा | असोज ३१, २०७९

रहेनन् डा. ओम गुरुङ

 पोखरा : नेपाल आदिवासी जनजाती महासंघका पूर्वमहासचिव तथा मानवशान्त्री डा.. ओम गुरुङको आज (सोमबार) निधन भएको छ । 

 

बागलुङको ताराखोला गाउँपालिका १ घर भएका गुरुङको ललितपुरको हिरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा मृत्यु भएको हो । 

 

नेपाल आदिवासी जनजाती महासंघका पूर्वमहासचिव तथा मानवशास्त्री डा.ओम गुरुङको ६८ वर्षको उमेरमा मृत्यु भएको ताराखोला गाउँपालिका १ का वडा सदस्य गौरीमाया गुरुङले जानकारी दिए ।

 

‘डा. गुरुङको केही वर्षपहिले मृगौलाको उपचार गरिएको थियो’ उनले भनिन्, ‘अहिले क्यान्सर पनि देखिएको छ भनेर उपचार गर्नुभएको थियो । अचानक आज उहाँको मृत्यु भएको खबर पायौं ।  यसले हामी सबैलाई दखित तुल्याएको छ ।’

 

वडा सदस्य गुरुङका अनुसार डा। गुरुङको आज  (सोमबार) गुरुङको १ बजेर ४५ मिनेटमा उपचारको क्रममा मृत्यु भएको थियो । 

 

२०११ सालमा जन्मिएका गुरुङले त्रिभुवन विश्वविद्यालयमा ३६ वर्ष अध्यापन गरेका थिए भने १२ वर्षसम्म समाजशास्त्र तथा मानवशास्त्र विभागका प्रमुख भएका थिए ।

 

१९९६ मा गुरुङले अमेरिका कोरनेल विश्वविद्यालयबाट मानवशास्त्रमा विद्यावारिधी गरेका थिए । गुरुङको श्रीमती, १ छोरा र २ छोरी छन् ।
 

पोखरा ।    पोखराको फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक १० वर्षीय बालकको ज्यान गएको छ ।   पोखरा महानगरपालिका–१८ खपौदीका आरेस लामाको बिहीबार बिहान तालमा पौडी खेल्ने क्रममा डुबे...

थप पढ्नुहोस्

पोखरा । पोखरामा दोस्रो संस्करणको स्व. बखत बहादुर मेमोरियल ३५ प्लस भेट्रान्स फुटसल प्रतियोगिता सुरु भएको छ ।   मेजर एफसीको आयोजनामा पोखरा १३ स्थित खेलकुञ्जमा आजदेखि स्व. बखत बहादुर मेमोरियल ३५ प्...

थप पढ्नुहोस्

पोखरा ।   गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले सञ्चार क्षेत्रलाई समावेशी, पारदर्शी र व्यावसायिक रूपमा सबल बनाउन प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।   प्रेस रजिस्ट्रारको का...

थप पढ्नुहोस्